काठमाडौं - एमाले नेता भीम रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी मागेका छन् । 

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् ।

‘जनता,विशेषतः अछामी मतदाता,का सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।’ रावलले भने, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’