ट्रम्पपछि रुसी राष्ट्रपति पुटिन चीन जाँदै
एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि चीन जाने भएका छन् । चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ ।
क्रेमलिनद्वारा जारी विज्ञप्ति अनुसार, पुटिनले आफ्नो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विस्तृत छलफल गर्नेछन् ।
वार्तापछि दुवै नेताले एक संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमा राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका थिए । उक्त भ्रमणलाई ट्रम्पले अत्यन्त सफल भनेका छन् । त्यस्तै, चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ट्रम्पको भ्रमणलाई ऐतिहासिक र एउटा महत्त्वपूर्ण कोशेढुङ्गाको संज्ञा दिएका छन् । ट्रम्पको भ्रमणका क्रममा दुई देशबीच सम्बन्ध सुमधुर देखिए पनि कुनै ठूला व्यापारिक सम्झौता वा नयाँ डिलको घोषणा भने गरिएको थिएन
अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भएलगत्तै पुटिनको भ्रमणको घोषणा भएको हो । भ्रमणले युक्रेन–रुस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस