मौसम : देशका अधिकांश ठाउँमा मौसम बदली रहने
काठमाडौं - आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पश्चिमी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा, पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।
हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही देशका एक दुई स्थानहमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पनि सक्रिय रहेको महाशाखाको भनाइ छ । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । भारतको पुर्वी छत्तिसगढमा अवस्थित ‘डिप डिप्रेसन’ पश्चिम–उत्तर–पश्चिमतिर कमजोर भएर सर्दै जाने देखिएको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस