प्रतिनिधिसभा बैठक बस्दै, संघीय निजामती विधेयक पारित गर्ने तयारी
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 26
काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस