काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि प्रचण्ड बालुवाटार पुगेकाे स्रोतले बताएको छ । अध्यक्षद्वयबिच बैठक बोलाउनुको कारण र अध्यादेश फिर्ताका विषयमा थप छलफल गर्ने बताइएकाे छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीले बुधबार फिर्ता लिने बताएका थिए । तर, अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले पुनः बैठक बोलाएपछि नेकपामा तरंग मच्चिएको छ ।

परिषद्को बैठक आज साँझ ५ः३० बजे बस्दैछ ।