ट्रम्प अस्पतालबाट डिस्चार्ज, थप उपचार ह्वाइट हाउसमै हुने
काठमाडौं,एजेन्सी - कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका हुन् ।
सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् । ट्रम्पको थप उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् ।
अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने बताएका छन् । उनले कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई अनुरोध गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘मैले आफूलाई अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

.gif)




फेसबुक पेज Like गर्नुहोस