सुरक्षाकर्मी र सचिवालय सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्री ओलीद्वारा सबै भेटघाट बन्द
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मी र सचिवालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सबै भेटघाट बन्द गरेका छन् ।
संक्रमण पुष्टि हुनेमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, फोटो ग्राफर राजन काफ्ले, सुरक्षाकर्मी, चालक लगायत ७६ जना सचिवालयका सदस्य छन् । उनीहरुको शुक्रबार स्वाब संकलन भएकोमा शनिबार रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरूको सम्पर्कमा रहेका अन्यको क्रमशः कन्ट्याक्ट ट्रेसिङ भइरहेको बताइएको छ ।
सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टीम खटाउन लागेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए । काठमाडौंकै विभिन्न युनिटमा भएको टोलीबाट पठाइने तयारी भैरहको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस