काठमाडौं-प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसद बाहिरिएका छन् ।

सभामुखले समय दिएपनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।

रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् ।

दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ ।