काठमाडौं - आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खगोलविद्हरुका अनुसार साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने छ । 

यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने बताइएको छ । मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो। 

काठमाडौँमा साँझ ६ः ४ बजे ग्रहणसहित चन्द्रमा उदाउने छ। चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने आचार्य बताउँछन्। 

यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ। 

यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्।