काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए । उनी करिब १ घण्टा कुराकानी भएको थियो । 

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताए । पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको उनको भनाइ छ । 

यसअघि आजै विहान प्रधानमन्त्रीसहित सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेको थियो ।