भारतको सर्वोच्च अदालतले भन्यो, 'कोरोनाको परिक्षण नि:शुल्क गर्नु'
खबर एक्सप्रेस
२०७६-१२-२७ ११:३७ मा प्रकाशित
Total Shares: 383
एजेन्सी - भारतको सर्वोच्च अदालतले केन्द्र सरकारलाई कोरोना भाइरसको परिक्षण नि:शुल्क गर्न आदेश दिएको छ ।
बुधबार वकिल शंशाक देओ सुधिको याचिकामाथि सुनुवाइ गर्दै अदालतले सरकारलाई सबै निजी तथा सरकारीलाई अस्पतालमा गरिने परिक्षण नि:शुल्क बनाउन आदेश दिएको हो ।
'कोभिड-१९ सँग सम्बन्धित परीक्षणहरू राष्ट्रिय मान्यता प्राप्त बोर्ड वा विश्व स्वास्थ्य संगठन वा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबाट मान्यता प्राप्त प्रयोगशालामा गर्नुपर्ने' सर्वोच्चको आदेशमा भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस