बजेट वृद्धि हुने सम्भावना छैन् : मुख्यमन्त्री आचार्य
खबर एक्सप्रेस
२०८२-०२-११ ०४:३५ मा प्रकाशित
Total Shares: 17
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना नरहेको बताएका छन् ।
आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा शनिबार दाङमा प्रदेशसभा सांसदहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले वर्षको बजेटमा नयाँ योजना भन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए ।
प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने उनको भनाई छ । उनले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको उल्लेख गरे ।
फेसबुक पेज Like गर्नुहोस