काठमाडौं - शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा मन्त्री पन्तले यस्तो बताएका हुन् ।

विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुराउने गरेर छलफलमा लागिएको बताएका छन् ।

विद्यालय शिक्षा विधेयक, २०८० टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको  मन्त्री पन्तले बताए ।