एजेन्सी - कोरोना भाइरसको संक्रमणका इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु भएको छ ।

मंगलबारमात्रै इटलीमा ७ सय ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यो संख्या सोमबारको मृतकको संख्या भन्दा १ सय ४१ ले बढी हो ।

मंगलबार अघि सोमबार र आइतबार कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या केही कम थियो । तर एक्कासि मंगलबार मृतकको संख्या बढ्न गएको हो ।

कोरोना भाइरसका कारण इटालीमा हालसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमाण चीनबाट सुरु भएको भएपनि यसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा इटली पहिलो भएको छ । 

संक्रमण रोक्नका लागि लामो समयदेखि इटाली लकडाउन छ तर पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् ।