अनेरास्ववियूको सरकारविरुद्धकाे आन्दोलन : प्रधानमन्त्रीको पुत्ला जलाउनेदेखि बयलगाडा सम्म
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जसअनुसार पौष २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने, पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/स्टिी/लाठी जुलुस, २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला जलाउने, २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन, २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन गर्ने बताइएको छ । त्यस्तै तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिने सहसंयोजक सामाङले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस