कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो, १ लाख ३६ हजारभन्दा बढीको मृत्यु
काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ । संक्रमणबाट १ लाख ३६ हजारभन्दा बढीको मृत्यु भएको छ । ५ लाख २४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या छ लाख ४४ हजार नाघेको छ भने २८ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै २६ सय जनाको मृत्यु भएको छ । संक्रमित भएकामध्ये ४८ हजार ७ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाका कारण इटालीमा २१ हजार ६ सय ४५ जनाको ज्यान गएको छ ।
इटालीमा एक लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । ती मध्ये ३८ हजारभन्दा बढी उपचारपछि स्वस्थ भएका छन् । संक्रमणबाट स्पेनमा १९ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ १ लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये ७४ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएका छन् ।
संक्रमणबाट फ्रान्समा १७ हजार र बेलायतमा १२ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी जर्मनीमा ३ हजार ८ सय ४, नेदरल्याण्डमा ३ हजार ३ सय १५ र बेल्जियममा ४ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । इरानमा कोरोना संक्रमणबाट ४ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस