अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्दैन, धम्की दिने बानी छैन : देउवा
खबर एक्सप्रेस
२०७७-०९-१३ ०४:५० मा प्रकाशित
Total Shares: 324
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको रिट सर्वोच्चमा विचराधीन रहेकाले यसबारे नबोल्ने बताएका छन् । सोमबार भक्तपुरको क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
'अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्दैन, अदालतमा धम्की दिने हाम्रो बानी छैन। यो पहिलेदेखिकै चलन हो,' उनले भने । सर्वोच्चले जस्तोसुकै निर्णय गरे पनि त्यो काँग्रेसले मान्ने उनको भनाई छ।
'निर्णय हाम्रो पक्षमा होस् या विपक्षमा हामीले मान्नुपर्छ। एउटाको पक्षमा निर्णय हुन्छ। अदालतको निर्णयलाई हामी मान्छौं। यो गर ऊ गर भनेर हामी प्रेसर दिँदैनौ,' देउवाले भने।

.gif)



फेसबुक पेज Like गर्नुहोस