दिलभूषण पाठकलाई साइबर ब्यूरोले भन्यो: "यथाशिघ्र उपस्थित भएर अनुसन्धानमा सघाउनू"
खबर एक्सप्रेस
२०८२-०३-०३ ०८:०१ मा प्रकाशित
Total Shares: 125
काठमाडौं - साइबर अपराध अभियोगमा पक्राउ पूर्जी जारी गरिएका पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यथासिघ्र उपस्थित हुन आग्रह गरेको छ।
पत्रकार पाठकमाथि एक नेतापुत्रको लगानीसम्बन्धी समाचार प्रसारण गरेको आधारमा साइबर अपराधको उजुरी परेको थियो ।
त्यसैका आधारमा ब्यूरोले पक्राउ पूर्जीसमेत जारी गरेको थियो। तर पाटन उच्च अदालतले सोमबार उनीमाथि धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सार्वजनिक सूचनामा पाठकलाई साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न भनिएको छ । ब्यूरोको यस्तो सूचना अदालतले अन्तरिम आदेश दिइसकेको अवस्थामा आएको हो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस