भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, एयर मार्शल तैनाथ गर्न निर्देशन
खबर एक्सप्रेस
२०८२-०१-२६ ०७:५९ मा प्रकाशित
Total Shares: 30
एजेन्सी - भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् ।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरेको हो ।
ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । बीसीएएसले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।
निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस