राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८२-०१-२८ ०४:५३ मा प्रकाशित
Total Shares: 57
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गर्ने बताएका थिए ।
त्यसका लागि अधिकतम सहमति खोज्ने उनको भनाई थियो । उनले भने, ‘सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभइ सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन प्रक्रिया अघि बढाउँछौँ ।
स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए।
फेसबुक पेज Like गर्नुहोस