काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ लाई ुचिनियाँ भाइरसुको नाम दिएर आलोचना खेपिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को आलोचनाको सिकार भएका छन् ।

हालै ट्रम्पले कोरोना संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एक जनाको मृत्यु र एकको अवस्था गम्भिर भएपछि आलोचित बनेका हुन् ।

ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले  जनाएका छन्।

‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार, क्लोरोक्वाइन सेवन गर्ने दम्पती ६० वर्ष माथिका छन् ।

क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो । तर, ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए ।