ट्रम्पले हार स्विकार नगर्नू लज्जास्पद : जो बिडेन
काठमाडौं,एजेन्सी - नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले डोनाल्ड ट्रम्पले हार स्विकार नगर्नू 'लज्जास्पद' रहेको बताएका छन् । तर, उनले कसैले पनि शक्ति परिवर्तन रोक्न नसक्ने बताए ।
पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले मंगलबार जो बिडेनले सोधेका थिए, राष्ट्रपति ट्रम्पले पराजय स्वीकार नगर्ने बारेमा के सोच्नुभएको छ ?
जवाफमा बिडेनले भने, 'साँच्चै, मलाई लाग्छ यो लाजमर्दो कुरा हो ।' 'एकमात्र कुरा निश्चित छ र म यो कसरी भन्छु कि यसले राष्ट्रपति पदको विरासतलाई सहयोग पुर्याउँछ जस्तो मलाई लाग्दैन।' उनले थपे ।
राष्ट्रपतिकाे शपथ ग्रहण गर्ने मितिलाई संकेत गर्दै उनले भने, 'यो सबै जनवरी २० मा बन्द हुनेछ ।'
राष्ट्रपतिमा निर्वाचित भएसँगै बिडेनले सत्ता लिनको लागि तयारी सुरु गरिसकेका छन् र उनी विदेशी नेताहरूसँग फोनमा सम्पर्क गरिरहेका छन् ।
यस बारे उनले भने, 'म उनीहरूलाई भनिरहेछु कि अमेरिका फर्किएको छ। हामी खेलमा फर्कदैछौं।' ट्रम्पले मत गणनामा धाँधली भएको भन्दै अहिलेसम्म हार स्विकार गरेका छैनन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस