करेन्ट लागेर बालिकाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-११ ०८:२८ मा प्रकाशित
Total Shares: 379
काठमाडौं, दमक - विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस