काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो ।

उमेर हद लागेसँगै ३२ वर्ष पुरा भएका व्यक्ति अनेरास्ववियुको कुनै पनि कमिटीमा पदाधिकारी वा सदस्य बस्न पाउने छैनन् ।

यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला नै राख्नेबारे बहस हुँदै आएको थियो ।

त्यसअघि अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनका लागि ३२ वर्षमुनिका नियमित अध्ययनरत विद्यार्थीलाई मात्रै प्रतिनिधि पठाउन नेकपा एमालेका प्रदेश इन्चार्जहरूलाई निर्देशन दिएको थियो ।