काठमाडौं - नेपाली काँग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम बुझाउने तयारी गरेको छ । 

शनिबारसम्म निर्वाचन आयोगमा बुझाउनेगरि कांग्रेसले २० जनाको नाम तय गर्न लागेको हो ।

पार्टीका महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्द सूचीमा समावेश भएका उम्मेदवारहरूबाट समावेशी समूह ९क्लस्टर० मिलाएर नाम पठाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। 

हालै सम्पन्न निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएको थियो ।

यस्तै काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिक मततर्फ २० प्राप्त गर्दै ३८ सिट हासिल गरेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फको नाम फाईनल गर्न दलहरुलाई पत्राचार गरिसकेको छ । जसका लागि अन्य दलहरु पनि छलफलमा जुटेका छन् ।