काठमाडौं - चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् । 

यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो । 

तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन । सडक विस्तारको क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो । 

अन्नपूर्ण पोस्ट् दैनिकबाट