काठमाडौं - आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको छ ।

११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए । ओमानका सौम्या भविनले २ विकेट लिएका छन् । पहिलो खेलमा यूएईलाई हराएको अफगानिस्तानले आज भएको अर्को खेलमा हङकङलाई हराएको छ ।

नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी यस छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने आईसीसी यू(१९ विश्वकपमा छनोट हुनेछन् ।