काठमाडौं - काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउन सरोकारवाला निकाय तयार भएका छन् ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला निकायहरुको संयुक्त बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा सहमत भएका हुन् । बैठकले गृह मन्त्रालयमार्फत उच्चस्तरीय समितिलाई लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

यस सन्दर्भमा क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले निर्णय गर्ने भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले जानकारी दिइन् । व्यापारीले आफूखुसी पसल खोलेपछि उपत्यकाभित्र लकडाउन खुकुलो बनाउन स्थानीय प्रशासन तयार भएको हो ।