अमेरिकी चुनाव: प्रारम्भिक मत गणनामा ट्रम्पभन्दा बाइडन अगाडी
काठमाडौं,एजेन्सी - अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार भएको मतदानको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडी रहेका छन् ।
अहिलेसम्म अमेरिकामा ५० मध्ये २१ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले ९८ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति एवं रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले ८० इक्लेक्टोरल भोट प्राप्त गरेका छन् ।
बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।
ब्याटल ग्राउण्ड मानिएका फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले भने आउन बाँकी छ । यी राज्यको नतिजाले नै नयाँ राष्ट्रपति टुंगो लगाउनेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस