सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या
खबर एक्सप्रेस
२०७८-१०-२३ ०९:३४ मा प्रकाशित
Total Shares: 242
काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका -७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।
चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
हत्यापछि उनी फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस