सरकारलाई सांसद र मन्त्री कसलाई बनाउने चिन्ता छ : गगन थापा
खबर एक्सप्रेस
२०७७-०६-१७ १०:५४ मा प्रकाशित
Total Shares: 405
काठमाडौं - नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई सांसद र मन्त्री कसलाई बनाउने चिन्ता रहेको बताएका छन् ।
२० दिनदेखि अनसनरत डा. गोन्विद केसीको स्वास्थ्यप्रति चासो नदेखाएको बताउँदै सरकारलाई जनताको स्वास्थ्य भन्दा पनि सांसद र मन्त्री कसलाई बनाउने चिन्ता रहेको सांसद थापाको भनाई छ ।
'२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ।' उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।'
उनले डा. केसीसँग भएको सहमतिको पालना गर्दै जीवन रक्षा गर्नसमेत सरकारसँग माग गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस