अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडन जित नजिक
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना आधाभन्दा बढी सकिएको छ।
५० वटा राज्यमध्ये ३८ वटाको नतिजा सार्वजनिक भइसक्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रता कायमै गरेका छन्।
बाइडनले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका हुन्।बाइडनको पक्षमा २२३ सिट इलेक्टोरल कलेजका प्रतिनिधि प्राप्त भइसकेको छ।
बाइडनलाई राष्ट्रपति पदका लागि चुनिन अब मात्र ४७ इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ। अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ।
यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले १३६ इलेक्टोरल प्रतिनिधि प्राप्त गरिसकेका छन्। उनलाई अब जितका लागि ९६ प्रतिनिधिको आवश्यक पर्छ।
चुनावमा हरेक राज्यको कम्तिमा दुई जना इलेक्टोरल प्रतिनिधि छानिन्छन्। तर जनसंख्याका आधारमा यस्तो प्रतिनिधि छानिने हुनाले हरेक राज्य अनुसार प्रतिनिधि संख्या फरक रहेको छ।
सबभन्दा बढी इलेक्टोरल प्रतिनिधि रहेको क्यालिफोर्नियामा ५५ जना प्रतिनिधि रहेका छन्। जसमा बाइडनले बाजी मारिसकेका छन्।
दोस्रो बढी प्रतिनिधि भएको फ्लोरिडामा भने ट्रम्पले जित हात पारेका छन्। जहाँबाट ट्रम्पका २९ इलेक्टोरल प्रतिनिधि छानिएका छन्।बाइडनले यसैगरी अग्रता कायमै राखे उनी ४६औं अमेरिकी राष्ट्रपति हुने निश्चित देखिएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस