काठमाडौं - काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

गौतमका अनुसार भक्तपुरमा ३ जना, काठमाडौँमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।