प्रधानमन्त्री ओलीले गरे मधेस प्रदेशका ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास
खबर एक्सप्रेस
२०८२-०२-१९ ०४:४१ मा प्रकाशित
Total Shares: 5
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक ६४ वटा सडक शिलान्यास गरेका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका हुन् ।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक शिलान्यास गरेका हुन् ।
कूल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजनाहरु स्वीकृत भई डीपीआरसमेत सकेर शिलान्यास गर्न लागिएको हो ।
फेसबुक पेज Like गर्नुहोस