काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा हालसम्मकै विशाल प्रदर्शन गर्ने बताउको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बसेको बैठकले प्रतिगमनका विरुद्ध आउँदो २८ गते काठमाडौँमा विशाल जनसभा गर्ने निर्णय गरेको हो । 

बिहीबार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेका बताएका थिए । 

प्रतिनिधि सभा असंवैधानिक भएको भन्दै १३ गतेबाट तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले बुधबारदेखि माइतिघरमा संघीय सांसद एवम् प्रदेश सांसदहरुले धर्ना दिइरहेका छन् । १३ गते यो समूहले काठमाडौंमा सिठी जुलुस गरेको थियो ।

त्यस्तै, यो समूहले माघ १५, १६ र १७ गते क्रमशः बुटवल, विराटनगर र धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ । माघ २२ गते काठमाडौँमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा वृहत सभा गर्न लागेको हो ।