पार्टीकाे खातामा ३० लाख रहेछ, एउटा मान्छे गएर झ्वाम पारेछन् : ओली
खबर एक्सप्रेस
२०७७-०९-१८ ०६:०८ मा प्रकाशित
Total Shares: 416
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको खातामा रहेको रकम नेकपाको संस्थापन पक्षका नेताले झ्वाम पारेको बताएका छन् ।
“पार्टीका खातामा ३० लाख रहेछ । एउटा मान्छे गएर झ्वाम पारेछन् । यिनीहरुको ध्यान कहाँ छ भन्दा बैंकमा राखेको पैसामा छ । कार्यकर्ताले मुस्किलले जोडेको जमिनमा छ । कसको ध्यान कहाँ कसको ध्यान कहाँ ? कसको धन्दा के कसको धन्दा के ?,” ओलीले भने ।
फेसबुक पेज Like गर्नुहोस