काठमाडौं - चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ । 

चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलीरहेका हुन् । निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । 

शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कजेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । 

सरकारले उपत्याकाभित्र एमबीबीएस अध्ययन गर्न ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेकोछ । 

कान्तिपुर दैनिकबाट