तनहुँ - तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । 

उनी ३८ हजार ४० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन् । 

यस्तै, एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाइन् ।  २०८० को उपनिर्वाचनमा स्वर्णिमले ३४ हजार ९१९ मत पाएका थिए । कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए ।