काठमाडौं - उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षता रहेको २५ सदस्यीय आयोगले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

आयोगले प्रतिवेदनमा प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षाका विषयवस्तुसम्बन्धी एकीकृत मार्गचित्र समेटेको छ ।

पूर्वीय दर्शन चिन्तनको मुल्य मान्यतालाई विद्यालयदेखि विश्वविद्यालयसम्म समेट्ने, १० कक्षा पुगिसकेका विद्यार्थीले व्यवसायिक वा सामान्य शिक्षा रोज्ने, नीजि विद्यालयलाई गैरनाफामूलक बनाउने जस्ता विषय प्रतिवेदनमा समेटिएको छ ।