बालेनको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी बस्याल
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको प्रमुख सुरक्षा अधिकृत (पीएसओ) मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।
बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । सोही अनुसार प्रहरी प्रधान कार्यालयले डीएसपी बस्याललाई बालेनको प्रमुख सुरक्षाको जिम्मेवारी दिएको हो ।
बालेनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने क्रममा डीएसपी बस्याललाई पीएसओ खटाइएको हो ।
उच्च सुरक्षा संवेदनशीलता र नेतृत्वको कार्यतालिका व्यवस्थापनलाई ध्यानमा राख्दै अनुभवी अधिकृतलाई पीएसओको जिम्मा दिइएको स्रोत बताउँछ ।
डीएसपी बस्याल यसअघि विभिन्न सुरक्षा तथा अनुसन्धानसम्बन्धी जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकृतका रूपमा परिचित छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस