मोडर्नाले बनाएको कोरोना खोपको प्रति डोजको मूल्य कति ?
काठमाडौं, एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ८५ लाख नाघेको छ । आइतबार बिहानसम्मको तथ्यांक हेर्दा १३ लाख ८६ हजार बढीको मृत्यु भैसकेको छ भने ४ करोड संक्रमित निको भैसकेका छन् ।
गत डिसेम्बर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्ने खोप बनाउन विकसित राष्ट्रका वैज्ञानिक, अनुसन्धानकर्ताहरु जुटिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि खोप बजारमा उपलब्ध भैसकेको छैन । केही कम्पनीहरुले कोरोनाको खोप बनाएको घोषणा भने गरिसकेका छन् । यसमध्यमा एक हो, मोडर्ना ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले गत हप्ता मात्र अहिलेसम्मकै सुरक्षित मानिएको ९४.५ प्रतिशत प्रभावकारी खोप बनाएको घोषणा गरेको थियो ।
मोडर्नाले हालै प्रति डोजको मूल्यसमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एक डोजको मूल्य २५ देखि ३७ अमेरिकी डलरसम्म अर्थात् १८ सयदेखि २७ सय भारुसम्म पर्नेछ । तर, कम्पनीका प्रमुख स्टीफन बेन्सेलका अनुसार खोपको मूल्य मागमा पनि भर पर्ने देखिन्छ ।
युरोपियन आयोगका एक अधिकारीले १६ नोभेम्बरमा मोडर्नासँग एक लाख डोजका लागि सम्झौता गरिसकेका छन् । यसबारे कम्पनीले केहि बताएको छ ।
दैनिक भास्कर

.gif)



फेसबुक पेज Like गर्नुहोस