काठमाडौं - स्वतन्त्र सांसद महावीर पुन पनि मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार महावीरलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका हुन् । 

पुन यसअघिको अन्तरिम सरकारमा पनि शिक्षामन्त्री थिए ।

 यसैगरी यसअघि सरकारले गृहमन्त्रीमा सुदन गुरुङलाई नै दोहोर्याउने तयारी गरेको छ । 

प्रहरीको हिरासतमा रहेका विचौलिया दीपक भट्टसँग सझोदारी गरेको र सम्पत्ति विवरण भर्दा छलछाम गरेको आरोप लागेपछि उनले बैशाख ९ गते गृहमन्त्री पदबाट राजिनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि छानविन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति समिति बनाएको थियो ।

उक्त छानबिन समितिले उनलाई क्लिन चिट दिएसँगै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णय गरिएको हो ।

दुवै मन्त्रीहरुको आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथग्रहणको तयारी गरिएको छ ।