बोको हरामद्वारा ११० जनाको क्रूर ढंगले हत्या
काठमाडौं,एजेन्सी - नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको घाँटी रेटेर हत्या गरेको छ । कृषिको काम गरिरहेका सर्वसाधरणलाई नियन्त्रणमा लिई उक्त समूहले हातखुट्टा बाँधीर घाँटी रेटेर हत्या गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँका सर्वसाधरणको बोको हराम समूहले हत्या गरेको हो । घटनास्थलमा सुरुमा केही शव भेटिएको भए पनि पछि थप शव संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघले चिन्ता प्रकट गरेको छ । घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक भएको राष्ट्रसंघको भनाई छ । साथै राष्ट्रसंघले जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गरेको छ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उक्त जघन्य घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि निन्दा गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस