भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको अमेरिकी भिसा रद्द
काठमाडौं - भिजिट भिसाको नाममा नेपाली यात्रुबाट रकम असुलेको आरोपमा अनुसन्धानको घेरामा परेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकी सरकारले उक्त कदम चालेको हो ।
स्रोतका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । गत जेठ ७ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भट्टराईलाई नियन्त्रणमा लिइएको थियो ।
अख्तियारले उनका मोबाइल तथा अन्य डिभाइसहरू समेत नियन्त्रणमा लिएको छ । ती डिभाइस फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस