सर्वदलीय बैठकमा आज एमाले सहभागी नहुने
काठमाडौं - आज बस्ने सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न दिउँसो १ बजेको लागि सर्वदलीय बैठक बोलाएका छन् ।
तर, उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसअघि २८ जेठ गते सभामुख अग्नी सापकोटा र १४ असोजमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थियो ।
त्यस बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएकाले एमालेले बैठक बहिस्कार गरेको थियो । एमाले विभाजन गर्न सभामुख सापकोटाले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा सामेल भएको छैन ।
फेसबुक पेज Like गर्नुहोस