बाइडेन र ह्यारिस 'टाइम पर्सन अफ दि ईयर' घोषित
खबर एक्सप्रेस
२०७७-०८-२६ ०१:५२ मा प्रकाशित
Total Shares: 846
काठमाडौं - विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ।
टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने समुहलाई पनि घोषणा गर्ने गरेको छ ।
बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरेर ह्वाइट हाउसको यात्रा तय गरेका हुन् । ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनीहरुलाई अमेरिकालाई विभाजनबाट बचाउन र इतिहास परिवर्तन गर्न सक्षम भएको भन्दै सम्मानित गरिएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस