काठमाडौं-उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन अदालतलको आदेशसँगै रोकिने भएको छ।
फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
रिटको प्रदर्शन अगाडि फिल्म रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको हो। अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ। पाण्डेले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दा दिएका थिए। थापा फरार छन्।
सोमबार भने थापाले फिल्म निर्माणका लागि बाताबरण बनाउन अनुरोध गर्दै सामाजिक सञ्जालमा स्टाटस समेत पोष्ट गरेका थिए।

.gif)



