काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताए ।

आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने उनको भनाइ छ । पछिल्लो समय कांग्रेस-एमालेबीच गठबन्धनमा खटपट भएको चर्चा चलिरहेको छ।