कोरोना त्रास : अमेरिकामा ३४ हजार भन्दा बढीले ज्यान गुमाए, दैनिक २ हजार भन्दा बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका २१० भन्दा बढी राष्ट्रमा पुगिसककेको छ ।
यस भाइरसका कारण थुप्रै मानिसहरुले अकालमै ज्यान गुमाउनुपरेको छ । विश्वभर २१ लाख ८० हजार ६ सय १७ जनामा यसले संक्रमण फैलाएको छ ।
यस भाइरसका कारण १ लाख ४५ हजार ४ सय २९ जनाको ज्यान गएको छ भने ५ लाख ४६ हजार ७ सय ७७ जना पूर्ण रुपमा निको भएको छ । यो भाइरसको चपेटामा सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।
एकैदिन अर्थात बिहिबार मात्र २ हजार १ सय ३७ जनाको ज्यान गएको छ । यसैगरी ६ लाख ७७ हजार ५६ जनामा कोरोनाको संक्रमण रहँदा ३४ हजार ५ सय ८० जनाको ज्यान गएको छ । ५७ हजार २ सय ७१ जना पूर्ण रुपमा निको भएका छन् ।
यता स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जनामा कोरोना पोजिटिभ देखिएको छ भने १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा १ लाख ६८ हजार ९ सय ४१जनामा कोरोनाको संक्रमण रहँदा २२ हजार १ सय ७० जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् ।
भारतमा १३ हजार ४ सय ३० जनामा कोरोनाले संक्रमण फैलाएको छ । भारतमै यस भाइरसका कारण ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । १ हजार ७ सय ६८ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । अन्य केही देशको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस