आज देशभरका सबै वडामा कांग्रेसले प्रदर्शन गर्दै
खबर एक्सप्रेस
२०७७-१०-०८ ११:४९ मा प्रकाशित
Total Shares: 335
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज बिहीबार देशभरका छ हजार सात सय ४३ वडामा प्रदर्शन गर्न भएको छ । वडास्तरको प्रदर्शनमा सक्रिय सहभागिता जनाएर सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत अपिल गरेका थिए।
कांग्रेसले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनविरूद्ध यसअघि पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ३ गते सात सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरिसकेको छ।
फेसबुक पेज Like गर्नुहोस